चैत २८,पोखरा – पोखराको पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार शिवराज कँडेलको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन् ।
पृथ्वीचोक स्थित बसपार्कमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा १४ चाउथे घर भएका कँडेल गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका ५३ वर्षीय कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।