बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News शिक्षक र मन्त्रालयबीच संवाद शुरू : माग पूरा नभएसम्म आन्दोलन गरिरहने शिक्षकको अडान

शिक्षक र मन्त्रालयबीच संवाद शुरू : माग पूरा नभएसम्म आन्दोलन गरिरहने शिक्षकको अडान

by sambridhaonline

चैत २९,पोखरा – आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच संवाद शुरू भएको छ । शिक्षा मन्त्रालयले संवादका लागि पत्र पठाएपछि शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच हिजो शिक्षा मन्त्रालयमा छलफल भएको हो ।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले शिक्षामन्त्री भट्टराईलाई पुराना सहमति र विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूचीसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घले सरकारसँग वार्ता र सहमतिभन्दा पनि आफ्ना कुरा राख्न छलफलमा सहभागी भएको जनाएको छ । शिक्षामन्त्रीसहितको सरकारी टोलीले आन्दोलन रोक्न आग्रह गरे पनि माग पूरा नभएसम्म शैक्षिक हडतालसहितका कार्यक्रम निरन्तर गरिरहने महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभएको छ ।

विद्यालयका शिक्षक–कर्मचारी यही चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । उनीहरुले अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै शुरू गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत जतिसक्दो छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच नयाँ शैक्षिकसत्र शुरू हुने बेला शिक्षक सडकमा हुँदा भर्ना अभियान र शैक्षिक कार्यक्रममा असर गर्ने भन्दै विज्ञहरुले सङ्घर्षलाई रचनात्मक र उपलब्धिमूलक बनाउन सुझाव दिएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline