बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News राष्ट्रिय हेमजा आलु महोत्सव जारी ; बैशाख ३ गतेसम्म चल्ने

राष्ट्रिय हेमजा आलु महोत्सव जारी ; बैशाख ३ गतेसम्म चल्ने

by sambridhaonline

चैत ३१,पोखरा – आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ ।यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ ।

महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने गरेको छ ।विशेष गरी दर्शकको रोजाई कृषि स्टलहरुमा बढी देख्न सकिन्छ।त्यहाँ ३० वटा स्टल कृषिका लागि छुट्टाइएको छ ।ति स्टललाई निःशुल्क राख्ने व्यवस्था समेत आयोजक विष्णुपादुका क्लवले मिलाइएको छ।जसमार्फत स्टलका संचालकहरुलाई हौसला समेत मिलेको छ र ति स्टलबाट राम्रै कारोवार समेत भइरहेको छ।

आलु महोत्सव वास्तवमै कृषि महोत्सव रहेछ, महोत्सव भनेपछि अलिअलि गीतसंगीतका कुरा त जोडिने भइ नै हाले ।तरपनि कृषिलाई महत्व दिइएको पाइयो, महोत्सव स्थलमा मह स्टल संचालन गरिरहेकी पोखरा–१६, बाटुलेचौर स्थित स्मृति एकीकृत कृषि सेवा केन्द्रकी प्रोप्राइटर जमुना थापाले बताइन् ।

उनले महका सकारात्मक पक्ष धेरै रहेको बताउँदै औषधीय गुण पनि हुने उल्लेख गर्दै यि यावत कुरा महोत्सव मार्फत धेरै मानिस समच्छे पु¥याउन पाएको अनुभव पनि राखिन्।

थापा जस्तै त्यहाँ विभिन्न संघ संस्था एवम् व्यक्तिहरुले कृषि स्टल संचालन गरिरहेका छन् ।जसमार्फत कृषि उपजको दैनिक कारोवार बढीरहेको छ भने कृषि प्रविधिहस्तान्तरणमा पनिसघाउ पुगेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिम्सिनाले जनाए ।

शनिबारसम्म करिव ६० हजार दर्शक बढीलेमहोत्सव अवलोकन गरेकोमा कुल २ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ ।शनिबार साँझसम्म गरी हालसम्म कुल २१ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।

महोत्सव अन्तर्गत शनिबार कलाकारहरु सम्झना लामिछाने मगर, राजन कार्की, कृष्ण अखेली, सुरेशरमण अधिकारी, पार्वती गुरुङ, टेक क्षत्री, पुजा तामाङ, हास्य कलाकार राजेन्द्र गिरी(गुन्दुके), पप कन्सर्टतर्फ गगन गुरुङ, नविना सिलवाल(खुइली) तथा लक्ष व्याण्डका प्रस्तुतिहरु रहे ।

त्यस्तै आइतबार वसन्त थापा, कृष्ण अखेली, कृष्ण गुरुङ, प्रेमराज अधिकारी, नेत्र खड्का, शिव पौडेल, लक्ष्मी बानियाँ, राजेश वर्देवा, रोशन ¥यापर र अनिल शाहीका प्रस्तुतिहरु रहने आयोजक विष्णुपादुका क्लवले जनाइएको छ ।त्यस्तै महोत्सवमा रत्यौली गीत प्रतियोगिता पनि जारी छ।

यही चैत २४ बाट सुरु आलु महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ।समापनको दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline