बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News क्षयरोगी पहिचान गर्न पर्बतका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण

क्षयरोगी पहिचान गर्न पर्बतका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण

by sambridhaonline

चैत ३१,पोखरा -नागरिकमा क्षयरोग सम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुई वटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा अत्याधुनिक एक्स–रे मेशिनद्वारा निःशुल्क छातिरोग खोज पड्ताल शिविर सम्पन्न गरिएको हो ।

कुश्माको शिविरमा परीक्षण गरिएकामध्ये छ जनालाई क्षयरोग निदानका लागि उपचार सुरु गरिएको छ भने १५ जना शङ्कास्पद क्षयरोगी भेटिएका छन् । भेटिएका शङ्कास्पद क्षयरोगीको निदानको लागी खकारको नमुना सङ्कलन गरिएको छ । जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को सहयोगमा भएको शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मसिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्स–रे र स्वास्थ्य परीक्षण गरेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । दिर्घरोगी, ज्येष्ठ नागरिक, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनको भनाइ छ । क्षयरोग क्यान्सरपछिको दोस्रो जटिल रोग भएकोले पनि शिविरको आयोजना गरेर त्यस्ता बिरामीहरू पत्ता लगाउनु सबैको लागि खुसीको कुरा भएको नगरप्रमुख जोशीले बताए । यस्तै शिविर शुक्रवार जिल्लाको जलजला गाउँपालिकामा पनि आयोजना गरिएको थियो। जलजला–४ स्थित लुङ्दी आधारभूत विद्यालयमा आयोजना भएको शिविरमा चार सय ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा पाँच जना व्यक्तिमा शङ्कास्पद समस्या देखिएको छ भने दुई जनालाई तत्कालै उपचार गर्नुपर्ने भएकोले उपचार सुरु गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline