शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News स्याङ्जाको वालिङ् नगरपालिकामा दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

स्याङ्जाको वालिङ् नगरपालिकामा दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

by sambridhaonline

बैशाख ०१,पोखरा – स्याङ्जाको वालिङ् नगरपालिकामा सञ्चालन हुने शल्यक्रिया शिविरमा २१६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने भएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालित नि:शुल्क आँखा जाँच शिविर तथा एकीकृत शिविरमा २६ जना आँखाका बिरामीमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको थियो ।

त्यसैगरी, वालिङ् नगरपालिकामा सञ्चालित आँखा जाँच शिविरमा १९० जना आँखाका बिरामीमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको थियो ।

अर्जुनचौपारी र वालिङ्मा विभिन्न मितिमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीहरुको यहि वैशाख ६ र ७ गते गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा सञ्चालन हुने शिविरमा नि:शुल्क शल्यक्रिया गरिनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline