बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News कालीगण्डकीले बगाएर वेपत्ता महिला मृत अवस्थामा फेला

कालीगण्डकीले बगाएर वेपत्ता महिला मृत अवस्थामा फेला

by sambridhaonline

बैशाख ०१,पोखरा – कालीगण्डकी नदि स्नान गर्ने क्रममा बगाएर बेपत्ता बनेकी एक महिला मृत अवस्थामा फेला परेकि छन् ।पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गर्ने क्रममा नदिले बगाएर बेपत्ता बनेकी पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्त मृत अवस्थामा भेटिएकी हुन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारे स्थित निलिङ्गे किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार साढे ९ बजेको समयमा ढुंगा चिप्लिएर लड्दा कालीगण्डकीले बगाएको थियो । शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गर्दै जाँदा दिउँसो ३ बजे शव भेटिएको हो । मृतक महिलाको शव पोष्टमार्टमका लागि बागलुङको धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।उनिसँगै उनकी दिदी र दुई छोरा समेत गण्डकी नुहाउन गएका थिए । उनिहरु भने सकुसल फर्किएको प्रहरीले जनाएको छ ।नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनहरुको घुँईचो लागेको थियो

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline