शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना, ११ जना घाइते

बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना, ११ जना घाइते

by sambridhaonline

बैशाख ०१,पोखरा – बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग १ ५७०५ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत मुना विक, नायब पशु शाखा प्राविधि प्रेम रावल, सहायक लेखा अधिकृत सुदर्शन कुसारी, कार्यालय सहयोगी सचिन विक, प्राविधिक सहायक नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष मनसरी शेरचन, त्यही ठाउँकी इन्द्राकुमारी गिरी, वसन्ती मगर, गाडी चालक सुशील रसाइली, मनी मगर र झरना गिरी घाइते भएका बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

घाइतेमध्ये मुना विक र नवीन मल्लको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline