शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News ई–सेवाबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

ई–सेवाबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

by sambridhaonline

बैशाख ३,पोखरा – अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट हिजो मंगलबार पक्राउ गरेको हो ।

उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ईसेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिङ्कहरू पठाउँथे । त्यसपछि भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।

उक्त रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।

अहिले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline