शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News उपत्यकासहित देशैभर पानी पार्ने नयाँ प्रणालीको प्रभाव

उपत्यकासहित देशैभर पानी पार्ने नयाँ प्रणालीको प्रभाव

by sambridhaonline

बैसाख ४,पोखरा – काठमाण्डौ उपत्यकासहित देशैभर स्थानीय र पश्चिमी वायुको प्रभाव परेको छ । साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ ।

त्यसको प्रभावले बिहानैदेखि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कास्की, पर्वत, स्याङ्जा, लमजुङ, दैलेख, सुर्खेत, इलाम, धनकुटा, डोटी, बैतडी, बझाङ, गोरखा,दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, जाजरकोटलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा अरू ठाउँमा भन्दा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको छ ।

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा, हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविद्को अनुमान छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline