शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News अवैध सात तोला सुनसहित स्याङ्गजाको वालिङ् का अर्याल पक्राउ

अवैध सात तोला सुनसहित स्याङ्गजाको वालिङ् का अर्याल पक्राउ

by sambridhaonline

बैशाख ०४,पोखरा – स्याङ्जाबाट अवैध सात तोला सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यहाँको वालिङ् नगरपालिका – ६ का ३६ वर्षीय प्रदिप अर्याल रहेका छन् ।

बुधबार साँझ करिब ७ बजे गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको इभि भ्यानमा कुनै पनि भ्याट बिल नभएको ७ तोला ९६९ लाल सुन जस्तो देखिने धातुसहित अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

वालिङ नगरपालिका – ६ एक्ले पिपल घर भएका अर्याललाई वडा प्रहरी कार्यालय वालिङ्ले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline