शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

by sambridhaonline

बैशाख ४,पोखरा – एकान्तमा लुकेर बसी गाउँमा हिंड्दै गरेकी महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुबास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपैयाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।घरदेखि कुश्मीसेरा बजारतर्फ जाने क्रममा दमेकको शिवपुरी जंगलमा पानी खान लाग्दा स्थानीय ३९ वर्षिय माया सापकोटाले बोकेको झोलासहित लुटेर फरार सोही ठाउँका सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पैसा चोरेर फरार सार्की बागलुङ पर्वतको सिमानाकास्थित मालढुंगा प्रहरी चोकपोष्टमा पक्राउ परेका हुन् । प्रहरीले अभियुक्त सार्कीलाई बुधबार सार्वजनिक गरेको हो ।

पीडितको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर चोरी कसुरमा मुद्दाको तयारी गरेको छ । बैशाख २ गते दिउँसो साँढे ४ बजे सापकोटाको झोलासहित पैसा चोरेर फरार भएका थिए । हुलियाको आधारमा सापकोटाले दिएको जाहेरीको आधारमा प्रहरीले खोजी गरेपछि घटना भएको डेढ घण्टामै अभियुक्तलाई पक्राउ गरिएको यादवले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline