मङ्लबार, चैत्र ३, २०८२
Tuesday, March 17, 2026
Home Featured News पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली आयोजना हुँदै

पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली आयोजना हुँदै

by sambridhaonline

बैशाख १२,पोखरा – मानवसेवा फाउण्डेसनद्वारा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले बैशाख १३ गते शनिबार बिहान बृहत् मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ। यो र्‍याली पोखराको बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई शहरका विभिन्न भाग हुँदै पुनः बिरौटामा सम्पन्न हुनेछ।

यसअघि बैशाख ११ गते बृहत् साइकल र्‍याली र बैशाख १२ गते बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको थियो। साइकल र्‍यालीमा स्थानीयले उत्साहपूर्ण सहभागिता जनाएका थिए भने ट्याक्सी र्‍यालीले पोखराको सडकमा धार्मिक र सामाजिक एकताको सन्देश प्रवाह गरेको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले मोटरसाइकल र्‍यालीले पनि साइकल र ट्याक्सी र्‍यालीले जस्तै सामाजिक एकता र धार्मिक जागरणको सन्देशलाई पोखरावासीमाझ पुर्‍याउने विश्वास व्यक्त गरे। “यी र्‍यालीहरूले महायज्ञको महत्वलाई जनजनसम्म पुर्‍याउनुका साथै पोखरेली समाजमा एकताको भावना जागृत गरिरहेका छन्,” उनले भने।

महायज्ञको प्रचारका लागि फाउण्डेसनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कलशयात्रा आयोजना गर्ने तयारी गरेको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञ पोखरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको हो।

आयोजक समितिले मोटरसाइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण पोखरेली, धार्मिक संघ–संस्था, युवा समूह र स्थानीयवासीलाई हार्दिक आह्वान गरेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline