बैशाख १५ ,पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सवका अवसरमा विविध सामाजिक क्रियाकलाप सहित आयोजित स्थापना दिवस एवम् शुभजन्मोत्सव विशेष सप्ताह आईतवार गलेश्वर जेष्ठ नागरिक आश्रम, वेनीवाट शुभारम्भ भएको छ । मातातिर्थ औंशीको शुभ अवसर पारेर शुभारम्भ भएको सप्ताहको पहिलो दिन आश्रममा रहनु भएका ४७ जना आमाहरुलाई सम्मान गर्नुको साथै फलफुल तथा खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
आमा पुजन तथा खाद्यन्न हस्तान्तरण कार्यक्रममा वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले वर्षको ३ सय ६४ दिन आफ्नो आमासंग र माता तिर्थ औंशीको एक दिन सन्तानको साहरा विहिन आमाको लागि दिने गरेको वताउनु भयो । यसवाट आमाहरुलाई सान्त्वना र आँफूलाई सन्तुष्टी प्राप्त हुने भन्दै ठूलावडाको आर्शिवाद भन्दा असल मानिसको आशिष वचन महत्वपुर्ण हुने उहाँको भनाई थियो । उहाँले स्थापना दिवस एवम् शुभजन्मोत्सव सप्ताह कुनै आडम्वरको लागि नभै शुभ सन्दर्भमा केही न केही शुभकार्य गरौं भन्ने उद्देश्यले आयोजना गरिएको वताउनु भयो ।
प्रसाईले सप्ताह अन्र्तगत पहिलो दिन गलेश्वर जेष्ठ नागरीक आश्रम म्याग्दीमा र दोश्रो दिन पोखरा जेष्ठ नागरीक आश्रम, महतगौंडामा जेष्ठ नागरीक पुजन तथा खाद्यन्न सहयोगको कार्यक्रम रहेको जानकारी गराउनु भयो । उहाँका अनुसार १६ गते कुश्मा पर्वतमा जन्मदिन विशेष मुल समारोह हुनेछ भने १७ गते मोदी–५ वाजुङ्गमा गुरु पुजन तथा जेष्ठ नागरीक सम्मान गरिनेछ । प्रसाईको अनुसार १८ गते पर्वत कुश्मामा विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुसंग शुभकामना आदान प्रदान एवम् रात्री भोजको आयोजन गरिएको छ भने वैशाख २० गते पोखरामा शुभकामना आदान प्रदान तथा सप्ताह समापन कार्यक्रमको आयोजना गरिएको छ । प्रसाईले सप्ताह अन्र्तगतका सवै कार्यक्रममा सवैको सहभागिताको लागि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा वोल्दै आश्रम व्यवस्थापन समितिका अध्यक्ष वम वहादुर पुनले आश्रममा धेरैको धेरै सहयोग रहेता पनि मातातिर्थ औंशीको अवसरमा गरिएको आमा पुजन तथा खाद्यन्न सहयोगले छुट्टै अर्थ राख्ने वताउनु भयो । उहाँले नेष्डो नेपाल र संस्थापक प्रसाईसंग पहिलो पटक भेट भएको भन्दै भविस्यमा सहकार्य र साथ रही रहने अपेक्षा व्यक्त गर्नु भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् आजीवन सदस्य इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, अमरटिका प्रतिष्ठानका महासचिव नारायण प्रसाई, विश्व प्रसाई फाउण्डेश नेपालका सल्लाहकार विश्ववन्धु प्रसाई, नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, आजीवन सदस्य लक्ष्मी कुमारी हमाल, मितेस हमाल र संगिता क्षेत्री लगायतको सहभागिता रहेको थियो ।