बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कोटिहोम महायज्ञमा हवन सुरु

कोटिहोम महायज्ञमा हवन सुरु

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता हुने

by sambridhaonline

बैशाख १९,पोखरा – पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा शुक्रवार देखि हवन सुरु गरिएको हो ।

बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गते सम्म चल्ने छ ।

हवन कुण्डको मूल मण्डपमा ब्राम्हणहरूको पुजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मनी राम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिधा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन सुरु भएको हो ।

‘यो ऐतिहासिक महायज्ञको मुख्य कार्यक्रम एकै ठाउँमा एक सय वटा हवन कुण्डमा हवन प्रारम्भ भएको छ’ महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भने, ‘ परोपकारले धर्म बढ्छ, सेवा भावले जीवन पवित्र हुन्छ, त्यसैले आउनुहोस् यो विशाल महायज्ञमा।’

उनले वृहत् धार्मिक कार्यक्रममा दान दक्षिणा, अन्नजल वा श्रमदान गरेर आत्मकल्याण तथा समाजसेवामा टेवा पुर्‍याउन आग्रह गरे ।
मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भएको उक्त कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर हवन गर्दै छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्‍त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।

हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३/३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।

यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजे सम्म चल्ने छ भने ११ बजे देखि १ बजेर १५ मिनेट सम्म विश्राम भई पुन ४ बजे सम्म हवन कार्य हुने छ ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ । हवन कुण्डमा बस्दा ब्राह्मण देखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्ने छ ।

यसै गरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब ३ सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ३ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने समूहलाई २ लाख ५५ हजार ५ सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ । वैशाख १९ गते शनिवारका लागि पालो परेका सम्पूर्ण प्रतियोगिहरुलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।

महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन सँगै शुक्रवार बिदाइ गरिएको छ । शुक्रवार देखि व्यास आचार्य प्रशान्त कृष्ण परांकुश लगायत अन्य साधु सन्तले महायज्ञमा कथा वाचन गर्ने आयोजकले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline