बैशाख २०,पोखरा- पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पाखरीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्ने क्रममा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
उनीहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।