बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा १२ तोला सुन र २४ तोला चाँदीसहित ५ जना पक्राउ

पोखरामा १२ तोला सुन र २४ तोला चाँदीसहित ५ जना पक्राउ

by sambridhaonline

जेष्ठ ३,पोखरा – पोखरामा शृङ्खलाबद्धरुपमा चोरीका घटनामा संलग्न ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका– १०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास बिक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल बिक, सुवासकै मामा पोखरा महानगरपालिका– १०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका– ११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीयसुरेश बिक छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायत विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरूको साथबाट १२ तोला ८ लाल सुन र २४ तोला चाँदीका गरगहना एवम् चोरीमा प्रयोग भएको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरु विरुद्ध पोखराको विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरेको र अन्य केही जाहेरी आउने क्रम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पक्राउ परेका उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline