शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते

रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते

by sambridhaonline

जेष्ठ ६,पोखरा – तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमबाट काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१–अ–यो ००२७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका– ४ गोरे चौतारामा ठोक्किएका हुन् ।

दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका ४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका १२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline