बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News नौडाँडा–कार्कीनेटा सडकको गुणस्तरमा महालेखाले उठायो प्रश्न

नौडाँडा–कार्कीनेटा सडकको गुणस्तरमा महालेखाले उठायो प्रश्न

by sambridhaonline

जेष्ठ ४,पोखरा – स्याङजाको नौडाँडादेखि पर्वतको कार्कीनेटा जोड्ने नौडाँडा–कार्कीनेटा सडक निर्माणको काम न्यून गुणस्तर रहेको महालेखा परिक्षकको प्रतिवेदनले ठहर गरेको छ । महालेखा परीक्षकको कार्यालयको सातौ प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) ले यस्तो देखाएको हो ।त्यस आर्थिक वर्षमा उक्त सडक २१ करोड ८० लाख ९० हजार लागतमा सम्पन्न भएको थियो । विशेष गरी आँधिखोला गाउँपालिकाको सेपत, फुलबारी, बिचारीचौतारा खण्डमा पीचसहितको काम भएको थियो । उक्त निर्माण कार्यको लागि पूर्वाधार बिकास कार्यालय स्याङजाका विशेषज्ञ परामर्शदाता र प्राविधिक समेतको उपस्थितिमा स्थलगत निरीक्षण गरिएको थियो । ‘निरीक्षणको क्रममा सडकको विभिन्न भागमा कमजोर निर्माण संरचना र प्राविधिक त्रुटीको कारण निर्माण कार्य न्यून गुणस्तरको भइ भूक्षय भएको, सडक सुरक्षाको लागि बनाइएका ग्याबीन संरचना, मेसिनरी र प्लम कंक्रिट कार्य ठाउँठाउँमा बिग्रिएको, ग्रेड नमिलाई माटो कटिङ गरेको कारण जीर्ण भई बिग्रिएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

खरीद कानुन तथा सम्झौताको शर्त बमोजिम त्रुटी सच्चाउने अवधिमा उक्त संरचना निर्माण व्यवसायीबाट मर्मत गराउनु पर्ने प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनमा सडक निर्माणमा देखिएका विभिन्न त्रुटीहरुको तस्बिर समेत राखिएको छ । स्थानीयले पनि सडक निर्माणको काम गुणस्तरहीन भएको बताउँदै आएका थिए ।सार्वजनिक खरीद नियमावली २०६४ को नियम १२५ ९१ क० बमोजीम निर्माण कार्य सम्पन्न भइसकेपछि सम्झौता बमोजीम निर्माण कार्यको त्रुटी सच्याउने दायित्वको अवधि समाप्त नहुँदै कुनै त्रुटी देखिएमा सार्वजनिक निकायले सोको यकिन गरी समयमानै दावी गर्नुपर्ने व्यवस्था छ । सडक निर्माण गरेको पूर्वाधार बिकास कार्यालय स्याङजाले भने यस अवधिमा महालेखाले औल्याएको त्रुटी सच्चाइसकिएको दावी गरेको छ । कार्यालय प्रमुख दयाराम अधिकारीले त्रुटी सच्चाउने अवधि १३ महिनाको रहने र यस अवधिमा सच्चाइसकिएको बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline