शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

by sambridhaonline

जेष्ठ ६,पोखरा – तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ।

सोमबार बिहान ऋषिङ गाउँपालिका ३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर उनीहरूको मृत्यु भएको हो।

ऋषिङ गाउँपालिका ३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका २ की २६ वर्षीया​ खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहानै घाँस काट्न गएका दुवैजना अबेरसम्म पनि नफर्किए पछि खोज्ने क्रममा दुवै मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline