जेष्ठ ६,पोखरा – पोखराबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्तीमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
ना५ख ६८४१ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पृथ्वीराजमार्गको सडकदेखि झन्डै २० मिटर तल खसेर दुर्घटना भएको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी अशोक थापाले बताए । घाइते मध्ये प्रदेश अस्पताल दमौलीमा १४, रत्नहरी अस्पताल दमौलीमा ७ र ३ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
प्रहरीका अनुसार घाइतेमा बस चालक सुर्खेत बिरेन्द्रनगरका २९ वर्षीय शेरबहादुर वली, सहचालका पोखराका २६ वर्षीय संजय अधिकारी र बिरेन्द्रनगरका २८ वषीृय अशोक विकलाई पोखरा रिफर गरिएको छ । यसैगरी तनहुँको ब्यास नगरपालिका–१ भादगाउँका ६७ वर्षिय प्रेमबहादुर रानामगर, सु्र्खेत पञ्चपुरी–७ का २४ वर्षीय गणेश सहकारी, रोल्पाको परिवर्तन–२ का २२ वर्षिय किस्मत घर्तीमगर घाईते भएका छन् । बिरेन्द्रनगर–९ का ३४ वर्षीय नविन रेग्मी, दैलेख भगवतीमाई गापा- ६ बस्ने बर्ष ३५ को दिल कुमारी रोकाया, नवलपुर कावसोती नपा १७ बस्ने बर्ष ७६ को युक्त प्रसाद गौडेल कास्की पोखरा मनपा ३० बस्ने बर्स ३९ को कृष्ण बहादुर झ्यारी, सोही ठाउँका बर्ष ७ की इत्रीशा मगर, विरेन्द्रनगर नपा १२ का बर्ष ३१ को लोकेन्द्र बानिया, कैलाली टिकापुर नपा १ बस्ने बर्ष १८ को शन्देश पुन मगर, गोरखा सहिदलखन गापा ५ बस्ने बर्ष ३८ को एक बहादुर राना, जुम्ला तिला गापा ३ बस्ने बर्ष २२ को निराजन रावत, चन्द्रनाथ नपा ६ बस्ने बर्ष २२ को मोहन सुनार र दैलेख आठबिस नपा ६ बस्ने बर्ष १९ को गणेश उपाध्याय घाइते भएका छन् । उनीहरुको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।
यस्तै अन्य घाइतेमा सुर्खेत गुर्भाकोट नपा १३ बस्ने बर्ष ५० को जय बहादुर चन्द, पञ्चपुरी १० बस्ने बर्ष ५६ को धन बहादुर देउवा, लेखवेशी नपा १ बस्ने बर्ष ३४ को राज कुमार बादी, जुम्ला तिला गापा ६ बस्ने बर्ष २२ को कमल रोकाया, दैलेख दुल्लु नपा १ बस्ने बर्ष ३३ को महेन्द्र बहादुर खड्का, सोही ठाउँका बर्ष ३५ को डम्मर बहादुर खड्का र डोल्पा मुर्कुचुला गापा ९ बस्ने बर्ष २४ को दल बहादुर बुढा रहेका छन । उनीहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि आजै बिहान मात्र तनहुँकै डुम्रेमा बस र टिपर ठोक्किएर ७ यात्रु घाइते भएका थिए ।