बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

by sambridhaonline

जेष्ठ १३,पोखरा – कास्कीकाे पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।

सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि हरेक वर्ष नगरभित्रका सबै बालबालिकाले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

मेयर आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्यसम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चिततासहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताउनुभयो ।

विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline