बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News सवारी ज्यान कसूरमा फरार प्रतिवादी दश वर्षपछि बागलुङबाट पक्राउ

सवारी ज्यान कसूरमा फरार प्रतिवादी दश वर्षपछि बागलुङबाट पक्राउ

by sambridhaonline

जेष्ठ ११,पोखरा – सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ३ का ३९ वर्षिय सुरेश कुमार माझीलाई घरबाटै पक्राउ गरेको हो ।

बागलुङ बडिगाडको खरर्बाङबाट काठेखोलाको अक्षतेतर्फ आउँदै गर्दा माझीले चलाएको ट्याक्टर गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा दुर्घटना हुँदा त्यसमा सवार सुर्खेत जिल्लाको शाटाखानी गाउँपालिका वडा नं. ७ का १७ वर्षिय रामबहादुर सार्की गंभीर घाइते भएका थियो । घाइते सार्कीको उपचारको क्रममा मृत्यु भएपछि चालक माझी फरार थिए । सार्कीको मृत्युपछि सवारी ज्यान कसूर घटनामा लामो समयदेखि फरार माझीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरी बागलुङ ल्याईएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । पक्राउ माझीलाई सवारी ज्यान कसूर मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline