बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज

by sambridhaonline

जेष्ठ १५,पोखरा – नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र न्युडायमन्ड स्पोट्र्स क्लबले उपाधिका लागि आज खेल्दैछन् ।

पोखरामा भइरहेको प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । साबिक विजेतासमेत रहेको पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्युडायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुनेछ ।

यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline