बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ

पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ

by sambridhaonline

जेष्ठ १५,पोखरा – पोखरामा अवैध लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिका १२ ठुलिपोखरी स्थाई घर भई हाल पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीया सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर पोखरा महानगरपालिका ५ शातिनगरचोक स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा र यस कार्यालय मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई खानतलासी लिँदा कालो झोलामा लुकाई छिपाई राखेको अवैध लागूऔषध बुप्रिनर्फिन १६७ एम्पुल, डाईजापाम १६८ एम्पुल र फेनरागन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल र मोबाईल थान ३ समेत वरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline