बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अवैध रुपमा जडिबुटी संकलन गर्ने पर्बतका ३ जना स्याङ्जा प्रहरीको नियन्त्रणमा

अवैध रुपमा जडिबुटी संकलन गर्ने पर्बतका ३ जना स्याङ्जा प्रहरीको नियन्त्रणमा

by sambridhaonline

जेष्ठ २२,पोखरा – अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत महाशिला गाउँपालिका – ४ का ३५ वर्षीय पुनम गुरुङ, ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षीय अमृत भन्ने जित बहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ३ टाउँ घडेरी चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी अवैध रुपमा संकलन गर्ने तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।

अवैध रुपमा जडिबुटी संकलन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी अर्जुनचौपारी र अर्जुनचौपारी गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बतानुभयो ।

उनीहरूको साथबाट करिब पाँच सय केजी चुत्रो जातको जडिबुटी बरामद गरिएको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline