शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News अबदेखि घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने

अबदेखि घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने

by sambridhaonline

जेष्ठ २२,पोखरा -अबदेखि सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाईसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुनेछ ।

१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रुपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न यस्तो व्यवस्था गरिएको हो ।

त्यसैगरी, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने, १ व्यक्तिले दिनमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline