बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News एक अध्ययनको निष्कर्ष ; समुद्रको भित्री भागमा अँध्यारो बढ्दै

एक अध्ययनको निष्कर्ष ; समुद्रको भित्री भागमा अँध्यारो बढ्दै

by sambridhaonline

जेष्ठ २२ -एउटा अध्ययनले संसारभरमा समद्रको भित्री भागमा अँध्यारोको मात्रा बढ्दै गएको निष्कर्ष निकालेको छ । बेलायतको प्लाइमाउथ विश्वविद्यालयको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो दुई दशकमा समुद्रको भित्री भागमा प्रकाश पुग्न कठिन बन्दै गएको छ ।

समुुद्रको सतहमा आएको बदलावले भित्री भागसम्म प्रकाश पुग्नबाट रोकिदा समुद्रको भित्री भाग अँध्यारो बन्दै गएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । समुद्रमा प्रकाश पर्याप्त पुग्नेसम्मको भागलाई फोटोसिक क्षेत्र भनिन्छ । त्यहाँ समुद्रमा पाइने ९० प्रतिशत भन्दा धेरै जीवजन्तु बस्छन् । यसैले समुद्रमा रहेका जीवहरुको चक्र यथावत रहन त्यहाँ प्रकाश पुग्नु आवश्यक छ ।

ग्लोबल चेन्ज बायोलोजीमा प्रकाशित प्रतिबेदन अनुसार सन् २००३ देखि २०२२ सम्मको २० वर्षमा विश्वका महासागरहरुमा अँध्यारोको मात्रा २१ प्रतिशतले बढेको पाइएको छ । झन्डै ९ प्रतिशत क्षेत्रमा त फोटोसिक क्षेत्र ५० मीटरले कमी आएको पाइएको छ ।

यस्तै दुई दशमलव ६ प्रतिशत भागमा फोटोसिक क्षेत्र सय मिटरले कमी आएको छ । अँध्यारो बढ्नुमा सतहतमा आएको बदलाव र त्यसको मुख्य कारण जलवायु परिवर्तनले समुद्रको सतह तातिनु रहेको अध्ययनमा संलग्नहरुको ठहर छ । सबैभन्दा धेरै समस्या तटीय क्षेत्रहरुमा देखिएको छ । आहिलेकै अवस्था रहेमा अबको २० वर्षमा समुद्री जीवहरुको लागि सङ्कट उत्पन्न हुन सक्ने भन्दै अध्ययनमा संलग्नहरुले चेतावानी दिएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline