बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News पोखरामा लागू औषधसहित ५ जना पक्राउ

पोखरामा लागू औषधसहित ५ जना पक्राउ

by sambridhaonline

जेष्ठ २४,पोखरा – पोखरामा अवैध लागू औषधसहित ५ जना पक्राउ परेका छन् ।

बिहीबार पोखराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिहीबार दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका– ५ धारापानीबाट बाग्लुङ गलकोट नगरपालिका १ दुधिलामाटी स्थाई घर भई हाल पोखरा धारापानी बस्ने बर्ष २० का मौसम पुन र पोखरा २ अर्चलबोट बस्ने बर्ष १९ को राज मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागूऔषध Tapentadol Tablets100 mg लेखिएको ९६ ट्याव्लेट, लागू औषध गाँजा ३०० ग्राम र मोवाईल २ थान समेत बरामद गरेको छ ।

यस्तै, दिउँसो ४ बजेतिर पोखरा १८ लामागाउँबाट स्थानीय ५१ वर्षका गोरे पुन र २७ वर्षका शंकर घलेलाई पनि पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लागूऔषध Tapentadol Tablets 75mg लेखिएको १०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, सोही दिन दिउँसो साढे २ बजे पोखरा महानगरपालिका ४ नालामुखबाट पनि एक जना पक्राउ परेका छन् ।

प्रहरीले सुनसरी धरान उप महानगरपालिका ८ स्थायी घर भई हाल पोखरा ५बस्ने बर्ष ३५ कोसुरज सुनारलाई पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध Tapentadol Tablets100mg लेखिएको७५ ट्याव्लेट र Tapentadol Tablets 75mg लेखिएको ८ ट्याब्लेट गरी जम्मा ८३ ट्याब्लेट र नगद २० हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैजना विरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline