शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

by sambridhaonline

जेष्ठ २६,पोखरा – पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।

हिजो बेलुकीपख पोखरा महानगरपालिका वडा नम्बर ३१ माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठको शव भेटिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट खटिएको गोताखोर टोलीले शव फेला पारेर निकालेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार आज झन्डै ३५ फिट गहिराइमा श्रेष्ठको शव फेला परेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline