बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News वन विज्ञान क्याम्पस नजिकै युवा हत्या प्रकरण: मृतक भीमादका मनोज भुजेल, वालिङका ट्याक्टर चालक र सहचालक पक्राउ

वन विज्ञान क्याम्पस नजिकै युवा हत्या प्रकरण: मृतक भीमादका मनोज भुजेल, वालिङका ट्याक्टर चालक र सहचालक पक्राउ

by sambridhaonline

जेष्ठ २६,पोखरा – पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा हत्या गरिएका युवकको सनाखत भएको छ ।

यस्तै, घटनामा संलग्नलाई पनि कास्की प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको छ ।

मृत्यु हुनेमा तनहुँको भीमाद निवासी २१ वर्षीय मनोज भुजेल रहेको वडा प्रहरी कार्यालय, रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कँडेलले जानकारी दिनुभयो ।

मृतक भुजेल पोखरा १४ मा बस्दै आएको र त्यहाँ नजिकै खहरेमा प्लटिङमा काम गर्दै आएका मजदुर रहेको उनले बताउनुभयो ।

सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको थियो । बिहान ५ बजे बीच सडकमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिनुभयो ।

भुजेलको हत्यामा संलग्न नाबालकसहित दुई जना प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

यद्यपि, कास्की प्रहरीले अौपचारिक जानकारी भने दिएको छैन । ‘दुई जना पक्राउ परेका छन् । हत्याको कारणबारे सोधपुछ जारी छ । अहिले यति मात्रै दिन मिल्ने कुरा भयो । केही समयपछि पत्रकारलाई जानकारी दिनेछौँ ।’ – कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो ।

यद्यपी, गण्डकन्यूजको विश्वस्त श्रोतका अनुसार हत्यामा संलग्न व्यक्ति स्याङ्जा जिल्ला वालिङ १० घर भई पोखरामा ट्याक्टर चलाउँदै आएका २० वर्षीय पवनकर रानासहित दुई जना छन् । १४ वर्षीय बालक (नाम गोप्य) सहचालक हुन् । उनीहरूसहित ट्याक्टर पनि प्रहरी नियन्त्रणमा रहेको बुझिन्छ ।

बिहान ११ बजेतिर छिनेडाँडाबाट उनीहरू पक्राउ परेका हुन् । मृतक र अभियुक्त सबै मजदुर हुन् ।अभियुक्तद्वयले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या नगरेको जिकिर गरेका छन् । भुजेल र ट्याक्टरमा रहेको घन सँगै सडकमा खसेको उनीहरूको भनाई रहेको छ । सडकमा भुजेलको शवसँगै घन भेटिएको थियो । पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline