बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News इजरायल र इरानबीच आक्रमण तीव्र,थप बदलाको चेतावनी

इजरायल र इरानबीच आक्रमण तीव्र,थप बदलाको चेतावनी

by sambridhaonline

असार २ -इजरायल र इरानबीचको आक्रमण तीव्र बन्दै जाँदा इजरायल र इरानका नेताहरुले थप बदलाको चेतावनीसहित द्वन्द्व अझै चर्किने बताएका छन् ।

इजरायलले गएको शुक्रवार इरानका आणविक सुविधाहरू, सैन्य स्थलहरू र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा लक्षित आक्रमण गरेपछि इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रहरूमार्फत प्रतिक्रिया दिइरहेको छ ।

हिजो इजरायली आक्रमणमा इरानको सशस्त्र बलको गुप्तचर एकाइका प्रमुखको ज्यान गएको बीबीसीले जनाएको छ ।

इरानीको जवाफी आक्रमणपछि १० जनाभन्दा बढी इजरायली घाइते भएका छन् । आक्रमण रोक्ने विषयमा बैठक तथा छलफल भइरहे पनि इरानले आक्रमण भइरहेको बेला युद्धविरामको वार्ता नगर्ने बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि आक्रमणको तनाव कम गर्ने भन्दा पनि इरानलाई आफ्नो आणविक क्षमता विकास गर्नबाट रोक्ने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले शुक्रवारदेखि इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जना इरानी मारिएका र इरानी आक्रमणमा कम्तीमा १० जना इजरायली मारिएका जानकारी दिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि खुला रहने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता भइरहेको बताउनुभएको छ । अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको उहाँको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline