बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एसइई नतिजा असारभित्रै प्रकाशन गर्ने तयारी

एसइई नतिजा असारभित्रै प्रकाशन गर्ने तयारी

by sambridhaonline

असार २,पोखरा – माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे।

​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ।

उनले थाहाखबरसँग भने,‘उत्तरपुस्तिका अझै सबै ठाउँबाट आएको छैन,बाढीपहिरोले पनि उत्तरपुस्तिका ल्याउन समस्या हुन्छ,हामी सकभर छिटो नै प्रकाशन गर्ने भनेका छौँ,प्राविधिक कारण समस्या नभएमा असारभित्रै नतिजा प्रकाशन हुन्छ।’

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक/कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो।

उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो। गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline