बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

by sambridhaonline

असार ३,पोखरा – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा शुरू हुनेछ ।

नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच अस्ति आइतवारदेखि टी–२० शृङ्खला शुरू भएको हो ।

पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मात्र नभई यो अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो तीन सुपर ओभरको खेल रह्यो । तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अङ्क छ ।

नेपालले आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline