बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रास्वपा र राप्रपाको उपस्थिति बिना नै प्रतिनिधिसभाद्वारा बजेट पारित

रास्वपा र राप्रपाको उपस्थिति बिना नै प्रतिनिधिसभाद्वारा बजेट पारित

by sambridhaonline

असार १०,पोखरा – बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए ।

प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ । सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित रहेका थिए।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline