शनिबार, साउन १६, २०८३
Saturday, August 1, 2026
Home Featured News भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

by sambridhaonline

असार १७ – भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४ जना हराइरहेका र उनिहरुको खोजी भइरहेको छ ।

घटनाको समयमा कारखानामा रहेका ५७ जना सुरक्षित रहेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घट्नाबाट अत्यन्त दुःखी भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ अनुग्रह सहायता उपलब्ध गराइने जानकारी पनि दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । बिहार सरकारले पनि ज्यान गुमाउने बिहारका नागरिकलाई २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline