बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ भाउ बढ्यो

पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ भाउ बढ्यो

by sambridhaonline

असार १७,पोखरा – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भाउ बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४८ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको भाउ एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको भाउ एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline