बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख ठगी गर्ने तनहुँका रञ्जन पाण्डे पक्राउ

अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख ठगी गर्ने तनहुँका रञ्जन पाण्डे पक्राउ

by sambridhaonline

असार १७,पोखरा – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका– ७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार रञ्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आइतबार काठमाडौं महानगरपालिका– ४ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline