आइतवार, साउन १७, २०८३
Sunday, August 2, 2026
Home Featured News तनहुँमा रोकिराखेको ट्रकमा स्कूटर ठोक्किँदा चालकको मृत्यु, एक घाइते

तनहुँमा रोकिराखेको ट्रकमा स्कूटर ठोक्किँदा चालकको मृत्यु, एक घाइते

घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइयो

by sambridhaonline

असार ३०,पोखरा – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकमा रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास नगरपालिका-१२ छिर्कने बस्ने अन्दाजी २८ वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो। दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताउनुभयो ।

दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णमाया पन्त गम्भीर घाइते भएकी छन् । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline