बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

by sambridhaonline

असार ३२,पोखरा – कास्की माछापुच्छ्रे गाउँपालिका– ७ फेदीबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २५ सुईखेत बस्ने बर्ष ४० कोगंगा बहादुर थापा, माछापुच्छ्रे– ८ ल्वाङघलेल बस्ने बर्ष ४० को चन्द्रमान तामाङ, माछापुच्छ्रे– ७ फेदीका बर्ष ४१ को बिनोद गुरुङ, बर्ष ५३ कोधिर बहादुर गुरुङ र वर्ष ४७ को कृष्ण बहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले मंगलबार साँढे ५ बजे पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ७३ हजार ४१० रुपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुनेमुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline