आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026
Home Featured News पर्वत ट्राफिकले उठायो १ करोड १३ लाख राजश्व

पर्वत ट्राफिकले उठायो १ करोड १३ लाख राजश्व

by sambridhaonline

साउन १,पोखरा – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत आर्थिक वर्षमा एक करोड १३ लाख २३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जुन आर्थिक वर्ष २०८०/०८१ को तुलनामा झन्डै दुई प्रतिशत बढी राजश्व सङ्कलन भएको हो ।

IMG_7246 (1)

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाका अवधिमा कुल १० हजार आठ सय ३७ वटा सवारीहरूमाथि कारबाही भएको छ । तर कारबाहीको सङ्ख्या हेर्दा गत आर्थिक वर्षमा भन्दा ०८०/०८१ मा एक हजार चार सय २८ वटा बढी सवारीहरूमाथि ‘ट्राफिक’ नियम उल्लङ्घन गरेकोमा कारबाही भएको छ । ०८०/०८१ मा १२ हजार दुई ६५ वटा सवारीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।

एक वर्षको अवधिमा एक हजार एक सय १० ‘ट्रक’ तथा ‘टिप्पर’बाट नौ लाख ९४ हजार पाँच सय, पाँच सय ६९ वटा ‘बस’ बाट चार लाख ८० हजार, पाँच हजार ९७ ‘कार’ ‘जिप’बाट ५४ लाख ८१ हजार, चार सय ४६ वटा ‘ट्र्याक्टर’ बाट ३४ लाख चार हजार, तीन हजार पाँच सय ५६ ‘मोटरसाइकल’ तथा ‘स्कुटर’बाट ३९ लाख ६६ हजार र ५९ वटा अन्य सवारीहरूबाट ५७ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।

महिनागत रूपमा हेर्दा सबैभन्दा बढी राजश्व कात्तिक महिनामा १८ लाख ४८ हजार रुपैयाँ उठेको छ । अन्य महिनाहरू साउनमा पाँच लाख ७५ हजार, भदौमा छ लाख ८५ हजार पाँच सय, असोजमा १० लाख ३४ हजार पाँच सय, मङ्सिरमा नौ लाख ८२ हजार पाँच सय, पुसमा नौ लाख १५ हजार पाँच सय, माघमा नौ लाख २७ हजार, फागुनमा ११ लाख ४९ हजार, चैतमा १२ लाख नौ हजार पाँच सय, वैशाखमा आठ लाख ४४ हजार, जेठमा पाँच लाख ७४ हजार र असारमा पाँच लाख ७८ हजार रुपैयाँ उठेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline