बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News स्याङ्जा प्रहरीले अदालती फैसला कार्यान्वयनमा देखायो सक्रियता: फरार ४ कसूरदार पक्राउ

स्याङ्जा प्रहरीले अदालती फैसला कार्यान्वयनमा देखायो सक्रियता: फरार ४ कसूरदार पक्राउ

by sambridhaonline

साउन ७,पोखरा – न्यायिक कारबाहीलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अप्रेसन सञ्चालन गर्दै फरार रहेका चारजना कसूरदारलाई पक्राउ गरेको छ ।

२०८२ साउन ६ गते खटिएको विशेष प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ की स्थायी बासिन्दा तथा हाल पोखरा–१५ बसोबास गर्ने मिना खाती, चापाकोट नगरपालिका वडा नं. ३ का हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र याममाया पौडेल रहेका छन् ।

अदालतको आदेश अनुसार मिनालाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना र अन्य तीनजनालाई अंशबण्डा मुद्दामा जनही ५७८.७७ रुपैयाँका दरले कुल एक हजार ७३६.३९ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार, अदालतको फैसला कार्यान्वयनमा चुस्तता ल्याउँदै फरार कसूरदारमाथि निगरानी तीव्र बनाइएको छ । यस्तो अप्रेसनले कानूनको शासन बलियो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline