बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News थाइल्यान्ड र कम्बोडियाकाे सीमा क्षेत्रमा झडप, ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

थाइल्यान्ड र कम्बोडियाकाे सीमा क्षेत्रमा झडप, ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

by sambridhaonline

साउन १०- थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण अहिलेसम्म दुवै पक्षका ३२ जनाको ज्यान गएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् ।

सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।

कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताउनु भएको छ ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपतकालीन राहत केन्द्रहरू स्थापना गरिएको छ ।

हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।

यो दशकौंदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline