बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सुन्तलाको बारीमा बन्दुक पड्किँदा एक घाइते, अभियुक्त तनहुँबाट पक्राउ

सुन्तलाको बारीमा बन्दुक पड्किँदा एक घाइते, अभियुक्त तनहुँबाट पक्राउ

by sambridhaonline

साउन १०,पोखरा – स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ ठुलाडिही स्थायी घर भई हाल पोखरा महानगरपालिका –२६ मा बसोबास गर्दै आएका ४४ वर्षीय सुरेन्द्र रेग्मी आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्ने क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका छन् ।

गत साउन ६ गते रेग्मी बारीमा खाल्टो खन्दै गर्दा अचानक बन्दुक पड्किएको आवाज आएको र शरीरमा छर्रा लागेको भन्दै उनले आफन्तलाई जानकारी गराएका थिए । घटनाको अनुसन्धान गर्दा सोही ठाउँका ६९ वर्षीय हुम बहादुर शाही (ठकुरी भेना)को संलग्नता रहेको भन्दै घाइतेका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले साउन ८ गते राति ८:१० बजे शाहीलाई तनहुँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपछिको अनुसन्धानमा शाहीले हतियार लुकाएको स्थान देखाइ दिएपछि पुतलीबजार –७ ठुलाडिहीबाट १ नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

शाहीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

हाल घाइते सुरेन्द्र रेग्मीको काठमाडौँस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline