शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News रुसले युक्रेनको जेलमा आक्रमण गर्दा १७ जनाको ज्यान गयो

रुसले युक्रेनको जेलमा आक्रमण गर्दा १७ जनाको ज्यान गयो

by sambridhaonline

साउन १३- रुसले युक्रेनको जेलमा आक्रमण गर्दा १७ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणमा अन्य ४२ जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताउनुभएको छ । यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरेर आठ वटा आक्रमण गरेको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जेलमा जानाजानी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । उहाँले रुसलाई युक्रेनीहरूको हत्या गरेको आरोप पनि लगाउनुभएको छ ।

जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरूमध्ये एक हो जसलाई रुसले सन् २०२२ देखि कब्जा गरेको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ ।

युक्रेनको न्याय मन्त्रालयले जेलमा चार वटा बम विस्फोट भएको र त्यसबाट भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त भएको बताएको छ । मन्त्रालयले आक्रमणमा ज्यान गुमाउने र घाइते हुने सबै कैदी भएका बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline