शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News सवारी जाँचको क्रममा ठूलो परिमाणमा लागू औषधसहित एक युवक पक्राउ

सवारी जाँचको क्रममा ठूलो परिमाणमा लागू औषधसहित एक युवक पक्राउ

by sambridhaonline

साउन १४,पोखरा – मंगलबार स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचको क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।

वि.सं. २०८२ साल साउन १३ गते अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ गइरहेको ना ५ ख ६९४७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा नवलपरासी (पूर्व) विनयत्रिवेणी गाउँपालिका –७ शिवपुर घर भएका ३१ वर्षीय कृष्ण बहादुर रानालाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नियन्त्रित लागू औषध फेला परेको हो ।

प्रहरीले रानाको साथबाट ओनेरेक्स १०० एमएलका १० बोतल, ट्रमाडोल क्याप्सुल ८४ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सन ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल, डाइजेपाम इन्जेक्सन ५९ एम्पुल र सिरिन्जसहितको सुई एक थानसहित ठूलो मात्रामा नियन्त्रित लागू औषध बरामद गरेको जनाएको छ ।

पक्राउ परेका रानालाई लागू औषधसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइ स्याङ्जा जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसार विरुद्धको निगरानी अझ कडा बनाइएको भन्दै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरिने जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline