शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News ३२ वर्षपछि पोखराबाट फेला परे कर्तव्य ज्यान मुद्दाका दोषी

३२ वर्षपछि पोखराबाट फेला परे कर्तव्य ज्यान मुद्दाका दोषी

by sambridhaonline

साउन १४,पोखरा – ३२ वर्षअघि घटेको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –२ (साविक रत्नपुर गा.वि.स.) मा भएको घटनाका दोषी ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

सोतीमगरले वि.सं. २०५० साल फागुनमा गाउँकै एक विवाह कार्यक्रममा स्थानिय हस्ते विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा विकको मृत्यु भएपछि मुद्दा दर्ता भएको थियो । सो घटनामा सर्वोच्च अदालतले २०५९ साल असोज ७ गतेको फैसलामार्फत सोतीमगरलाई २ वर्ष कैद सजाय तोकेको थियो । तर, फैसला आएयता उनी फरार रहँदै आएका थिए ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अपरेशन टोलीले उनलाई २०८२ साउन १३ गते पोखरा महानगरपालिका –१७, तल्लो बिरौटा टोलस्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दोषीलाई अब कैद सजाय भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन विशेष अपरेसनहरू अझै तीव्र पारिने छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline