बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News दश महिना कैदी सजाय भोग्न बाँकी रहेका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

दश महिना कैदी सजाय भोग्न बाँकी रहेका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

by sambridhaonline

साउन १८,पोखरा – न्यायिक प्रक्रिया सुदृढ बनाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले २०५९ साल वैशाख २३ गते १० महिना १८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएका आँधिखोला गाउँपालिका –४, स्याङ्जा निवासी ४८ वर्षीय रामचन्द्र पौडेललाई २०८२ साउन १८ गते पक्राउ गरिएको हो ।

पौडेल अदालतको फैसलापछि फरार रहँदै आएका थिए । उनलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

प्रहरीले अदालतबाट भएको फैसलाको प्रभावकारी कार्यान्वयन, न्यायिक कारबाहीको पूर्णता तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि अपरेसनलाई तीव्रता दिएको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline