शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News भारतको उत्तरकाशीमा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

भारतको उत्तरकाशीमा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

by sambridhaonline

साउन २२,पोखरा – भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ ।

१ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् ।

उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ । स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूका अनुसार करिब २५ वटा होटल बगेका छन् भने धाराली बजारको धेरैभाग पूर्ण रूपमा क्षति भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी हिजो घटनास्थलमा पुगेर उद्धार तथा राहतको अनुगमन गर्नुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline