शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News फरार प्रतिवादी ९ वर्षपछि पक्राउ, जरिवाना असुलीको लागि अदालतमा पेश

फरार प्रतिवादी ९ वर्षपछि पक्राउ, जरिवाना असुलीको लागि अदालतमा पेश

by sambridhaonline

साउन २३,पोखरा – सार्वजनिक अपराध मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट दोषी ठहर भई रु. १,५२५ जरिवाना तोकिएर ९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

अदालतको फैसला कार्यान्वयनमा चुस्तता, न्यायिक कारबाहीको पूर्णता र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माण सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले प्रतिवादीलाई साउन २३ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका –७ निवासी २९ वर्षीय सुवास गुरुङ रहेका छन् । उनलाई अदालतबाट २०७३ मंसिर १३ गते सार्वजनिक अपराध मुद्दामा रु. १,५२५ जरिवाना तोकिएको थियो । फैसला सुनाइएपछि फरार रहेका गुरुङलाई प्रहरीले स्याङ्जा जिल्लामै नियन्त्रणमा लिई जरिवाना असुलीका लागि सिधै स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार अदालतका फैसलाहरूको कार्यान्वयनमा सक्रियता बढाउँदै न्यायिक जिम्मेवारी निर्वाह गरिँदै आएको छ । फरार अभियुक्तको पक्राउले अदालतको आदेशको प्रभावकारिता र कानूनी शासनप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline