बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा : दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने

केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा : दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने

by sambridhaonline

साउन २३,पोखरा – गएराति र बिहानपख देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । बिहान दैलेख र कास्की तथा राति दैलेख र कास्कीसँगै बर्दिया, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर र गोरखामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुकी झापामा पनि ठूलो पानी परेको छ । लमजुङको खुदी बजार, लुम्ले, भुजुङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र ती क्षेत्र भई बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दैलेखेको दैलेख वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यो क्षेत्र भई बहने लोहरे खोला लगायत अरु ससाना खोला आसपासमा आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएकोले यी क्षेत्र भइ बहने ससाना खोलाहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशुली बेत्रावती र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएकाले यी क्षेत्र भइ बहने ताडी खोला लगायत अरु स-साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline